देशको पुरातात्विक सम्पदा, धार्मिक विविधता, सबै जोगाउनु आवश्यक : वरिष्ट नेता नेपाल

228

कपिलवस्तु / पुरानो कपिलवस्तुको ईतिहासलाई जोडेर यहाँको तिलौराकोट अन्य बुद्धसंग संम्बिधित स्थलहरु मार्फत पर्यटनलाई जोड दिन सके कपिलवस्तुको विकासकालागि सरकारको मुख ताक्नुपर्नै अवस्था नहुनेमा पुर्व प्रधानमन्त्री एवम् नेकपाका वरिष्ट नेता नेपालले जोड दिएका छन् ।

११ औँ कपिलवस्तु महोत्सवको विहिवार एक भव्य समारोहका विच समु्द्घाटन बरिष्ठ नेता माधवकुमार नेपालले सो कुरामा जोड दिएका हुन् । कपिलवस्तुको् जितपुर स्थित बुद्ध रंगशालमा बिहिबार देखि सुरु भएको महोत्सवको उद्धघाटन गर्दै पूर्व प्रधानमन्त्री नेपालले नेपाल पर्यटकीय हिसाबले महात्वपूर्ण देश भएकाले यहाँका पुरातात्विक सम्पदा, धार्मिक विविधता, सबै जोगाएर अगाडि बढ्नुपर्ने  जनाए ।  भ्रमण वर्षमा सरकारको ६० लाख पर्यटन भित्राउने लक्ष्य रहेको भन्दै कपिलवस्तु एउटा प्राचिन इतिहास बोकेको जिल्ला रहेको र तिलौराकोट सँगै विभिन्न बुद्धसँग सम्बन्धित स्थलहरु यस क्षेत्रमा रहेको पर्यटन प्रवद्र्धनको प्रयाप्त सम्भावना रहेको र अन्य पूर्वाधार निर्माण गरी कपिलवस्तु जिल्लामा कम्तिमा एक दिन भए पनि पर्यटकलाई राख्न सकेमा जिल्लाको विकासले फड्को मार्न सक्ने पनि प्रष्ट पारे ।

त्यस्तै उनले सबैसगँको सम्बन्धलाई भाईचाराको रुपमा स्थापित सबैसँग मित्रवत भावना राखेर सिमानाका सवालाई सद्भाव पूणै रुपमा समाधान गर्नुपर्ने धारणा व्यक्त गरे । नेता नेपालले विश्व शान्तिको क्षेत्र लुम्बिनी नजिकै रहेको र शान्तिको देश भनि विभिन्न राष्ट्रका राष्ट्र प्रमूखहरु देखि सामान्य नागरिकहरु पनि नेपालमा घुम्न आउने र यहाँको ईतिहाँस विश्वसामु फैलाउने गरेको बताए । उनले घुमाउरो पाराले लुम्बिनी नै पाँच नम्बर प्रदेशको नामाकरण उपयुक्त हुने पनि धारणा व्यक्त गरेका छन् ।

त्यस्तै महोत्सवको उद्धघाटन कार्यक्रममा बोल्दै पूर्व कृषि मन्त्री चक्रापणी खनाल बलदेवले आफूले खसि र बोका तथा धुलो दुध अयातमा रोक लगाएको बताउँदै कपिलवस्तु जिल्लामा कृषि सँग सम्बन्धित विभिन्न पूर्वाधारहरु अगाडि बढेको तर पर्याप्त नभएको जनाए । त्यस्तै पूर्व राजदुत दिपकुमार उपाध्यायले दलिय विवाद गर्ने समय अब नभएको भन्दै सबै मिलेर विगतका गल्ति कमजोरी र चुकेका विषयहरुलाई आत्मसाथ गर्दे विकासका लागि अगाडि बढ्नुपर्ने जनाएका
छन् ।

त्यस्तै प्रतिनिधि सभा सदस्य अतहर कमाल मुसलमानले कार्यक्रमलाई सम्बोधन गर्दे कपिलवस्तुको वाणगंगा क्षेत्रले सिँगो जिल्लालाई नै अगाडि बढ्न मद्धत पु¥याएको भन्दै लुम्बिनी प्रदेश र तिलौराकोटलाई प्रदेशको राजधानी बनउनुपर्नेमा जोड दिए ।

आज देखि सुरु भएको ११ औँ कपिलवस्तु महोत्सव पौष १ गते सम्म संचालन हुँदै छ । यस वर्ष युवाहरुले नेतृत्व गरेको वाणगंंगा वेलफेयर सोसाईटीले महोत्सवको आयोजना गरेको छ । २ सय ५५ बढि व्यवासायिक स्टलहरु राखिएका छन् ।दुई दर्जन बढि राष्ट्रिय स्तरका विभिन्न कलाकारहरुको प्रस्तुती सँगै स्थानिय कला र संस्कृतिको जगेर्ना गर्ने उद्ध्ेश्यले युवा क्षमतामा अभिवृद्धि कृषि र पर्यटनमा समृद्धि भन्ने नाराका साथ महोत्सवको आयोजना गरिएको मेला मुल आयोजक समितिका निर्देशक दिनेश क्षेत्रीले जनाएका  छन्  ।            – नारद काेहर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here