म स्वस्थ भएर फर्किएँ – अस्पतालबाट बाहिरिँदै प्रधानमन्त्री ओलीको प्रतिक्रिया

140

काठमाडौं /  विगत १० दिनदेखि अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज डिस्चार्ज गरिएको छ ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओली एपेन्डिसाइटिसको शल्यक्रियापछि पूर्ण स्वास्थ्यलाभ गरेर अस्पतालबाट बालुवाटारस्थित निवासतर्फ लागेका हुन् ।

यसअघि बिहीबार नै प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओलीलाई भेट्न राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पताल पुगेकी थिइन् ।

अस्पतालबाट बाहिरिँदै गर्दा प्रधानमन्त्री ओलीले आफू स्वस्थ भएर फर्किएको प्रतिक्रिया दिए । चिकित्सक डा.अरुण शायमीले प्रधानमन्त्रीको एपेन्डिक्सको उपचार सफल भएको  जनाए ।

एपेन्डिसाइटिसको अप्रेसन सफल भएपनि प्रधानमन्त्रीको मिर्गोलामा समस्या भएका कारण नियमित डायलसिस गर्नुपर्ने अवस्था छ । प्रधानमन्त्री ओलीले कम्तीमा एक साता बालुवाटारमै आराम गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here