१३ औं सागमा सावित्रा बनिन् फुटबलकी सर्वाधिक गोलकर्ता

239

काठमाडौं / सावित्रा भण्डारीले राष्ट्रिय टोलीका लागि सर्वाधिक गोल गर्ने किर्तिमान बनाएकी छिन् । उनले १३ औं साग अन्तर्गत महिला फुटबलमा मालदिभ्समाथि ह्याट्रिक गर्दै सर्वाधिक गोलकर्ताको सूचीमा नाम लेखाएकी छिन् ।

यसअघि अनु लामा सर्वाधिक गोलकर्ता थिइन् । उनको नाममा ३५ गोल थियो । सावित्राले हालसम्म ३६ गोल गरेकी छिन् ।

नेपालले मालदिभ्सविरुद्ध जित हासिल गरेर फाइनलमा स्थान पक्का गरेको छ । नेपालको फाइनल खेल भारतसँग हुने पक्का भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here