ठगी गरेको अभियोगमा पक्राउ

157

बारा / समाजिक संजाल ईमोको प्रयोग गरी नगद ५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा पर्सा बहुदरमाई नगरपालिका-८ बस्ने मुकेश साह तेलीलाई बिहीबार इलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

तेलीले बारा जितपुर सिमरा उपमहानगरपालिका-१५ की एक महिलालाई उक्त समाजिक संजालनमार्फत २५ लाख रुपैयाँ लट्रि चिठा परेको र सरकारी राजश्व वापत अग्रिम केही रकम जम्मा गर्नुपर्छ भनि प्रलोभनमा पारी पटक पटक उक्त रकम ठगी गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

तेलीलाई ठगी मुद्दामा आवश्यक अनुसन्धान भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here