बालुवाटारबाट सारियो प्रधानमन्त्रीलाई 

241

काठमाडौं / प्रधानमन्त्री केपी ओलीलाई  बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारीनिवासबाट सारिएको छ ।

सहरी विकास तथा भवन निर्माण विभागले शुक्रबारदेखि प्रधानमन्त्रीनिवास भत्काउन सुरु गरेको हो । भवनको टायल र भित्रका सामान धमाधम निकालिँदै छ ।

पुराना भवनको ठाउँमा प्रधानमन्त्रीको नयाँ निवास बन्ने भएको छ । प्रधानमन्त्रीनिवासको पुरानो भवन भत्काउन करिब एक महिना लाग्ने भएकाेछ ।

भवनका भग्नावशेषको फोहोर र निर्माण सामग्रीले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा असर गर्ने भएकाले उनलाई मुख्यसचिवको निवासमा सारिएको छ । करिव नौ दिन अस्पतालमा उपचार गराएर प्रधानमन्त्री ओली अहिले बालुवाटारमा आराम गर्दै आएका छन् ।

मुख्यसचिव निवासमा रहँदै आएका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालाई भने सभामुखनिवासमा सारिएको छ । पूर्वसभामुख कृष्णबहादुर महराको निवास खाली भएपछि राष्ट्रिय सभाध्यक्षलाई सो निवासमा सारिएको हो ।

पूर्वसभामुख कृष्णबहादुर महराको निवास खाली भएपछि राष्ट्रियसभा अध्यक्षलाई सो निवासमा सारिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here