प्राज्ञिकको स्थापना दिवसमा देशभर बृहत रक्तदान कार्यक्रम सम्पन्न

159

काठमाडौं / प्राज्ञिक विद्यार्थी परिषद् नेपालको स्थापना दिवस तथा रजत जयन्ती वर्षको स्वागतार्थ बृहत रक्तदान देश भर  मनाइएको छ ।

देश भरका २५ केन्द्रहरु : काठमाडौ, त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस  कीर्तिपुर,भरतपुर, गैंडाकोट, पोखरा ,दमौली, कुश्मा, बिराटनगर, जनकपुर, बर्दिवास,वीरगन्ज, भैरहवा, घोराही, वीरेन्द्रनगर,अत्तरिया, धनगढी, जुम्ला ,महेन्द्रनगर ,डडेलधुरा लगायतका इकाईमा  बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

विद्यार्थी परिषदले रजत जयन्ती वर्ष भरी  ‘एक संकल्प राष्ट्रका लागि’ भन्ने मुल ध्येय वाक्य लिएको छ।

विभिन्न इकाईमा  क्रियाशील भएर खटिएका र देशभर गरिएको रक्तदान कार्यक्रममा  एक हजार भन्दा बढी पिन्ट रगत संकलन भएको जनाए  ।

 प्राज्ञिक विद्यार्थी परिषदका राष्ट्रिय सचिव तथा वाग्मती प्रदेश संगठन सचिव छितराज न्यौपानेले  विद्यार्थी परिषदले रजत जयन्ती वर्षको अवसरमा बर्षभरी विभिन्न प्रकारका गतिविधि  गरेको जानकारी दिनुभयो । राष्ट्रिय छात्रा वर्ग पौष १७,१८र १९ भैरहवा ,मिसन साहसी पौष महिनामा  देशभर ,मिडिया कार्यशाला माघको ३ र  ४ गते काठमाडौ ,आठौं राष्ट्रिय अधिवेशन चैत २०,२१ र २२ विराटनगर , देशभर महापुरुष परिचय राष्ट्रिय महाअभियान, प्रदेश केन्द्रहरुमा र्याली, क्याम्पस इकाई निर्माण अभियान ,विद्यार्थी सम्पर्क अभियान जस्ता विद्यार्थी हित,समाज हित र राष्ट्र हितका विभिन्न अभियान एवं गतिविधि संचालन गर्ने  उहाँले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here