जापानी टोली र नेपाली फुटबल टोली भाेलि आमनेसामने हुने

52

काठमाडौं /  जापानी लिगको टिम र नेपाली फुटबल टोली भोलि आपसमा खेल्ने भएको छ ।  जापानको ‘जे लिग’ को टिम फुटबल खेल्न नेपाल आएको छ।

जापानी टोलीले भर्खरै दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितेको टिमसँग खेल्ने चर्चा थियो। तर पछि भने यू-१९, यू-२३ र सिनियर टिमलाई मिलाएर जापानी टिमसँग खेल्ने जनाइएको छ । खेल खेल्ने टिम नेपाली राष्ट्रिय टिमकै खेलाडीहरु हुने भएपनि ‘नेपाल निलो’ टिमका रुपमा मैदान उत्रने छ। पहिलो खेल भोलि ३ बजे शुरु हुनेछ। खेल हेर्न सामान्य तर्फ ५०० रुपैयाँ र भिआइपी तर्फ १००० रुपैयाँ शुल्क लाग्नेछ।

नेपाल भ्रमणका क्रममा रहेको जापानी टोलीले आइतवार मनाङ मर्स्याङ्दी क्वबसँग खेल्ने छ। टोलीमा यू—२२ का खेलाडीहरु रहेका छन्।

जापानी टिमका मुख्य प्रशिक्षक इबाताले जापानको फुटबल एसोसिएसनको आग्रहमा नेपाल आएको जनाए ।

‘एक आपसमा मित्रता र टिम स्पिरिट बढाउन टोली नेपाल आएको हो,’ इबाताले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here