प्याव्सनकाे अध्यक्षमा गेन्द्र लामा

225

काठमाडौं /  निजी तथा आवासीय विद्यालयहरुको संगठन काठमाडौं (प्याव्सन)मा गेन्द्र लामाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । काभ्रेको धुलिखेलमा भएको चौँथो अधिवेशनबाट अध्यक्ष लामासहित १५ सदस्य कार्यसमिति निर्वाचित भएका हुन् ।

समितिको उपाध्यक्षमा समिर बास्तोला, महासचिवमा राजन श्रेष्ठ, उप–महासचिवमा भिष्मराज ढकाल, सचिवमा दिवेस खत्री, कोषाध्यक्षमा मिन कुमार कोइराला, सह–कोषाध्यक्षमा सुदिप काफ्ले निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरुमा लेखजंग खत्री, राजेन्द्र पुडासैनी, भोज कुमार धमला, होमलक्ष्मी गुरुङ, तेन्जिङ्ग भुटिया, राजकुमार गिरी, सन्तोष लुइटेल र अनिता गिरी चयन भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here