नवलपरासीको दशगजा क्षेत्रमा भारतीय चेकपोस्ट निर्माण

208

नवलपरासी / सीमा जडिएको पश्चिम नवलपरासीको सीमावर्ती दशगजा क्षेत्रमा भारतीय पक्षले अस्थायी चेकपोस्ट स्थापना गरेको छ ।

दशगजा क्षेत्र नेपाल-भारत दुवै पक्षले प्रयोग गर्न नपाइने भएपनि यहाँ भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नियमविपरीत स्थापना गरेको हो ।

भारतको उत्तर प्रदेश र बिहारसँग जिल्लाको सीमा जोडिएको छ । पाल्हीनन्दन गाउँपालिका९५ को चिमनटोलादेखि सुस्तासम्म दशगजा छ । प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले केही स्थानमा एसएसबीले दशगजा क्षेत्रमा सुरक्षा पोस्ट निर्माण गरेको बताए ।

‘अधिकांश स्थानमा दुवै पक्षबाट पालना गर्नुपर्ने नियम पूरा भएको छ,’ उनले भने, ‘एकरदुई स्थानमा दशगजा छुने गरेर अस्थायी पोस्ट भएको भेटिएपछि तत्काल हटाउन भनिएको छ ।’ यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here