नेपाल वायुसेवा निगमले थप दुई गन्तव्यमा उडान शुरु गर्ने

180

काठमाडौं / नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय गन्तव्यहरुका अतिरिक्त थप दुई गन्तव्यमा नेपाल भ्रमण वर्ष २०२० को प्रारम्भ सँगै उडान शुरु गर्ने भएको छ ।

निगमको मंसीर २६ गते बसेको कार्यकारी समितिको बैठकले सो निर्णय गरेको हो ।

निर्णय अनुसार जापानको नारिता मार्चको पहिलो साताबाट र चीनको ग्वाञ्जाउ मार्चको दोश्रो साता उडान गर्ने भएको छ । यी उडान थपिएपछि पर्यटकहरुको संख्यामा उल्लेखनीय बृद्धि हुनुको साथै पर्यटन क्षेत्रमा राम्रो प्रभाव पर्नेछ ।

यी दुई गन्तव्यको उडान थपिए पछि ए ३२० न्यारोवडी र ए३३० वाइडवडीको उडान घण्टामा वृद्धि भइ पूर्ण उपयोगमा आउने जानकारी दिएको छ ।

यो उडानसंगै निगमको अन्तर्राष्ट्रिय गन्तव्यमा जापानको नारिता, चीनको ग्वाञ्जाउ, भारतको दिल्ली, बैंगलौर,मुम्वई, बैंकक, मलेसिया, दुवई, दोहा र हङकङ गरी अन्तर्राष्ट्रिय स्तरमा १० गन्तव्य हुने निगमले जनाएको छ ।

निगमसँग हाल दुई ए३२० न्यारोवडी र दुई ए३३० वाइडवडी विमानहरु रहेका छन् । निगम उक्त विमानहरुको उडान घण्टाको आधारमा अन्य गन्तव्य विस्तारको दिशामा जवाफदेहितापूर्ण र उच्च सक्रियताका साथ क्रियाशील हुने निगमले प्रतिवद्धता व्यक्त गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here