विश्वको सबै भन्दा ठूलो झुम्का

328

एजेन्सी / कानमा लगाउने झुम्का त देख्नु भएकै होला । साँच्ची तपाईंले कति ठूलो झुम्का देख्नुभएको छ ? सायद ३० फिट लामो झुम्का त देख्ने मात्र होइन, कल्पना पनि गर्नुभएको छैन होला ।

भारतको बरेलीमा हाल ३० फिटको झुम्का चर्चित बनेको छ । संसारकै ठूलो मानिएकाे यो झुम्का हेर्नका लागि मानिसहरु झुम्मिएका छन् ।

यो विशालकाय झुम्कालाई चौबाटोमै अग्लो स्थानमा राखिएको छ र त्यस चौबाटोको नाम नै झुम्का चौराह राखिएको छ ।

यो झुम्का बनाउनका लागि झण्डै ४० लाख भारु खर्च भएको जनाइएकाे छ । भारतको गुरुग्राममा यो झुम्काको डिजाइन गरी मुरादाबादमा यसको निर्माण गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here