क्रान्तिकारी माओवादीले भारतीय विस्तारवादी हस्तक्षेपका विरूद्ध चरणबद्ध संघर्ष गर्ने

334

काठमाडौं /  नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को केन्द्रीय समितिको पूर्ण बैठक सम्पन्न भएको छ । बैठकले भारतीय विस्तारवादका विरुद्ध चरणबद्ध संघर्ष सञ्चालन गर्ने निर्णय गरेको छ ।

२०७६ मङ्सिर २६ देखि २९ गतेसम्म  बसेको बैठकले पहिलो चरणमा पौष महिनामा पार्टी, जवस मोर्चाका बैठक बस्ने, विभिन्न पक्षसित अन्तक्र्रिया गर्ने तथा कार्यगत एकताका लागि छलफल चलाउने र आफ्नै पहलमा देशका विभिन्न शहरहरुमा विरोधप्रदर्शन कार्यक्रम सञ्चालन गर्ने, दोस्रो चरणमा माघदेखि देशव्यापी रुपमा पार्टी, संयुक्त मोर्चा, जबस मोर्चा सहितलाई समावेश गरी विभिन्न संयुक्त अभियानहरु सञ्चालन गर्ने र तेस्रो चरणमा देजमो तथा सबै जनवर्गीय मोर्चाहरुको संयुक्त पहलमा “कालापानी जाऔं” अभियान चलाउने लगायतका कार्यक्रम गर्ने निर्णय गरेको छ ।

बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न पार्टी महासचिव मोहन वैद्य किरणले जारी गरेको विज्ञप्तिमा वर्तमान कम्युनिस्ट नामधारी सरकार राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्या समाधान गर्न असफल बन्न गएको र भारतीय विस्तारवादद्वारा बनाइएको नयाँ नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेक सहितको नेपाली भू–भागलाई भारतमा गाभिएको गंभीर स्थितिमा मुख्यतः राष्ट्रिय स्वाधीनता र पहिचान सहितको सङ्घीयता लगायत उत्पीडित वर्ग र समुदायका जनतन्त्र तथा जनजीविकाका समस्यालाई लिएर सङघर्ष अगाडि बढाउने, आफ्नै पहलकदमीमा सङ्घर्ष सञ्चालन गर्ने र मिल्न सकिने पक्षसित कार्यगत एकता वा संयुक्त मोर्चा गर्ने निर्णय लिइएको उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here