फणीन्द्र नेपाललाई नागरिक अभिनन्दन

226

दार्चुला / दार्चुलाको खलंगामा ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाललाई नागरिक अभिनन्दन गरिएको छ । उनले नेपाली राष्ट्रियताको सम्बद्र्धनमा पुर्याएको महत्वपूर्ण योगदानको कदस्वरूप प्रेमसिंह धामी प्रतिष्ठान र मिडिया विकास समाज नेपालले संयुक्तरूपमा अभियन्ता नेपालको अभिनन्दन गरेका हुन् ।

राष्ट्रवादी आन्दोलनमा निरन्तर लागिरहेकोमा त्यसको उच्च मूल्याङ्कन गर्दै निरन्तर मिडिया विकास समाज नेपालका अध्यक्ष पदम बडालले ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष नेपाललाई माल्यार्पण सहित अभिनन्दन गरेका थिए ।

अर्का वक्ता प्रेमसिंह धामी स्मृति प्रतिष्ठानका अध्यक्ष शङ्कर धामीले राष्ट्रवादी आन्दोलनलाई सरल र सादगीपूर्ण व्यवहारबाट उचाइमा पुर्‍याउने सफलता प्राप्त गरेका हुँदा मोर्चाका अध्यक्ष नेपालको अभिनन्दन गरिएको जनाए ।

अभिनन्दनपछिको कार्यक्रमलाई सम्बोधन गर्दै ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपालले जनताका तर्फबाट पाएको पहिलो अभिनन्दनका लागि धन्यवाद दिँदै कालापानीबाट भारतीय अर्ध सैनिक बल नहटेसम्म र सरकारले लिम्पियाधुरालाई समेटेर नेपालको नक्सा प्रकाशित नगरेसम्म ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले संघर्ष जारी राख्ने जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here