प्रधानसेनापतिबाट उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान

219

काठमाडौं /  प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले उपरथी दर्जामा पदोन्नति भएका सैनिक सचिव विभागका सहायक रथी निर्मलकुमार थापालाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।

मन्त्रिपरिषद्को २०७६ मंसिर ३० गतेको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका थापालाई श्री राष्ट्रिय सुरक्षा परिषद सचिवालयको सह–संयोजकको जिम्मेवारी दिईएको नेपाली सेनाले जनाएको छ ।

 आइतबार जंगी अड्डामा आयोजित कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको समेत उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here