रारा तालमा माछा मर्न थाले

190

मुगु /  रारा तालमा रहेका माछा धमाधम मर्न थालेका छन्। एक सातादेखि तालमा माछा मरेर तैरिन थालेको स्थानीयले जनाएका छन्।

तालमा रहेका असला माछा धमाधम मर्न थालेपछि रारा ताल दुर्गन्धित भएको मुर्मा गाउँका बीर्खबहादुर रोकायाले  जनाए। तालमा डुंगा सवार गराउँदा मरेका माछा भेटिने उनले  जनाए। मरेको माछा तालको किनारदेखि बीच भागमा उत्रिन थालेपछि जलेवा, हाँस र कागलगायत चराले टिपेर खान थालेका छन्।

हिमपातले गर्दा वनजंगलको विषादीयुक्त जडीबुटी बगेर तालमा आउँदा माछा मरेको हुनसक्ने रारा राष्ट्रिय निकुञ्ज अधिकृत लालबहादुर भण्डारीले  जनाउँछन्। यसबारे अनुसन्धान भइरहेको उनले  जनाए।

करिब २ हजार ९२९ मिटर उचाइमा रहेको रारा तालमा असला माछा मरेको यो पहिलो घटना हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here