सिद्धार्थ बैङ्क र यूकेएड सक्षम एक्सेस टु फाइनान्सबीच साझेदारी

287

काठमाडौं / साना तथा मझौला उद्योगहरूलाई बैङ्किङ सेवा प्रदान गर्ने लक्ष्य सहित साना तथा मझौला उद्योग कर्जासम्बन्धी आफ्नो कार्यक्रमको पुनः संरचना गर्नका लागि सिद्धार्थ बैङ्कले यूकेएड सक्षम एक्सेस टु फाइनान्ससँग सम्झौतामा हस्ताक्षर गरेको छ । सिद्धार्थ बैङ्कका प्रमुख कार्यकारी अधिकृत शम्भु नाथ गौतम र सक्षमका टोली प्रमुख निर्मल दाहालले सम्झौता पत्रमा हस्ताक्षरका साथै आदानप्रदान गरेर आज एक कार्यक्रममाझ उक्त साझेदारीको औपचारिक घोषणा गरेका छन् । सोल्टी क्राउन प्लाजा होटलमा भएको उक्त कार्यक्रममा दुवै संस्थाका वरिष्ठ व्यवस्थापन तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

उक्त साझेदारीले नवीनतम् तथा दिगो पद्धतिमार्फत् साना तथा मझौला उद्योगहरूको वित्तीय आवश्यकतालाई, विशेषगरी मध्यम स्तरको लगानीको आवश्यकता परेका तर परम्परागत संयन्त्रहरूबाट ऋण प्राप्त गर्न सक्ने अवस्थामा नरहेका (मिसिङ मिडल) व्यवसायहरूको आवश्यकतालाई सम्बोधन गर्ने लक्ष्य लिएको छ । यस सहकार्यले निम्न आय भएका मानिसहरूको वित्तीय आवश्यकता पूरा गर्न तथा उद्यमशीलता प्रवद्र्धन गर्न सहजीकरण गर्ने लक्ष्य लिएको छ । यस सहकार्य अन्तर्गत बैङ्कले आफ्नो पैmलिदो शाखा सञ्जालको बृहत् उपयोग गरी देशभर लघु तथा साना व्यवसायहरूलाई अनुकूल हुनेगरी आफ्नो व्यवसाय ढाँचालाई पुनःसंरचना गर्नेछ र उत्पादन, सेवा तथा सेवा प्रवाह संयन्त्रलाई संशोधन गर्नेछ । कार्यक्रममा, सिद्धार्थ बैङ्कका प्रमुख कार्यकारी अधिकृत गौतमले लघु, साना, तथा मझौला उद्योगहरूका लागि सम्पूर्ण वित्तीय सेवा प्रदान गर्ने मञ्च निर्माण गर्नका लागि यूकेएड सक्षम एक्सेस टु फाइनान्ससँग सहकार्य गर्न पाउँदा सिद्धार्थ बैङ्क हर्षित रहेको जनाएको छ ।

बैङ्कले लघु, साना, तथा मझौला उद्योगहरू अर्थतन्त्रका मेरुदण्डको रूपमा रहेको र नेपाल जस्तो विकासोन्मुख देशहरूको आर्थिक वृद्धिका लागि आधारभूत भूमिका खेल्ने मान्यता अङ्गिकार गरेको र यस सहकार्यको मुख्य प्रयोजन यस क्षेत्रमा सम्भावना भएका र ठूलो संख्यामा रहेका ग्राहकवर्गलाई सेवा पु¥याउने रहेको पनि उनले जानकारी दिए ।

सक्षमका टोली प्रमुख दाहालले भने, “सिद्धार्थ बैङ्कसँगको हाम्रो साझेदारीले साना तथा मझौला उद्योगहरूलाई तथा मध्यम स्तरको लगानीको आवश्यकता परेका तर परम्परागत संयन्त्रहरूबाट ऋण प्राप्त गर्न सक्ने अवस्थामा नरहेका (मिसिङ मिडल)  उद्योगहरूको वित्तीय पहुँचमा सुधार गर्ने उद्देश्य राखेको छ । हालैको नेपाल आर्थिक गणना लगायतका विभिन्न अध्ययनहरूले हाम्रो देशमा अभैm पनि उल्लेखनीय संख्यामा उद्योगहरूको औपचारिक वित्तीय सेवाको पहुँच बाहिर रहेको देखाएका छन् । ”

सक्षम एक्सेस टु फाइनान्स यूकेएडबाट वित्तीय सहयोग प्राप्त कार्यक्रम हो जुन नेपाल सरकार र संयुक्त अधिराज्यबीचको सम्झौताको एउटा हिस्सा हो । यसलाई नेपालमा स्थानीय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँगको साझेदारीमा डिएफआइडी नेपालका लागि लुइस बर्जरले कार्यान्वयन गरिरहेको छ । वि.सं. २०५९ मा स्थापित तथा नेपालका प्रबुद्ध व्यक्तित्वहरूद्वारा प्रवद्र्धित सिद्धार्थ बैङ्क हाल नेपालको निरन्तर अघि बढिरहेको बैङ्कहरूमध्येको एकको रूपमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here