६ दलद्वारा एमसीसीकाे बिराेधमा संयुक्त बक्तब्य

214

काठमाडौं  / विभिन्न ६ वटा दलका तर्पmबाट  एमसीसी अनुदान ईण्डोप्यसिफिक स्ट्राटेजी मातहतकै भएको भनी अमेरिकी दुताबासका अधिकारीले स्पष्ट गरिसकेकाले र सो अनुदानका लागि राखिएका शर्तहरु नेपालको अहितमा भएकाले अनुदान स्वीकार नगर्न नेपाल सरकारसंग आग्रह गरिएको छ । काठमाडौंस्थित नेकपा मालेको केन्द्रीय कार्यालय रातोपुलमा बसेको ६ दलको बैठकमा नेकपा मालेका महासचिब सीपी मैनाली, नेपाल समाजवादी कांग्रेसका अध्यक्ष गोविन्द निरौला, समाजवादी पार्टी नेपालका उपमहासचिव डम्बर बिक्रम कार्की, नेपाल सर्वहारा कम्युनिष्ट पार्टी माओबादीका अध्यक्ष भावना विद्रोही, राष्ट्रिय पुनर्जागरण अभियान नेपालका प्रवक्ता निमकान्त पाण्डे र नेपालवाद पार्टीका महासचिव दिपक कुमार शर्मा सहितको उपस्थिति रहेको जनाइएको छ । विज्ञप्तिमा माथिल्लो कर्णाली परियोजनाको सम्झौताको अवधि समाप्ता भइसकेको र पटक पटक थपिदै आएकोमा अवदेखि अवधि नथप्न पनि अनुरोध गरिएको छ । त्यसैगरी लिम्पियाधुरा लगायत भारतद्धारा अतिक्रमित नेपाली भूभाग समेटिने गरी नक्सा जारी गर्न र सो नक्सालाई शैक्षिक क्षेत्रमा समेत प्रयोग गर्ने र सरकारी निशान छापमा पनि राख्न सुझाव दिइएको छ । यती समूहलाई पोस्ने गरी भएको भ्रष्ट्राचार कामको विरोध जनाउदै विज्ञप्तिमा बढ्दो भ्रष्ट्राचारको विरोध जनाइएको छ ।  ६  दलका नेतृत्वहरुबाट संयुक्त दस्तखत गरिएको बिज्ञप्ति यसप्रकार छ :-

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here