ललितपुर / महाकाल गाउँपालिका-६ ठुला दुर्लुङ बस्ने सन्त वीर पाख्रिनको कृषि फर्ममा शनिबार राति आगलागी हुँदा ८ वटा खसी, २ वटा बाख्रा, खाद्य सामाग्री र दाना गरी करिब ५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
स्थानीयवासीको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


















