आफ्नै छोरी बलात्कार गर्नेलाई जन्मकैदको सजाय

162

काठमाडौं / बलात्कार अभियोगमा चितवन जिल्ला अदालतले एक अभियुक्तलाई जन्मकैद फैसला गरेको छ । ती व्यक्तिलाई आफ्नै छोरीलाई बलात्कार गरेको अभियोग लागेको थियो ।

न्यायाधिश विनोदकुमार गौतमले गत मंसिर ३० मा एक अर्का युवकलाई २३ वर्ष जेल सजाय सुनाएका थिए । उनले बहिनीलाई बलात्कार गरेका थिए । बालिका बलात्कारमा १८ वर्ष र हाडनाताभित्र करणी गरेकोमा थप पाँच वर्ष गरी उनलाई २३ वर्ष कैद सजाय सुनाइएको हो ।

चितवन जिल्ला प्रहरी कार्यालयमा पुस ३ मा परेको उजुरी अनुसार नातामा काका पर्ने युवकले आफूलाई ६ वर्षदेखि बलात्कार गर्दै आएको भन्दै १८ वर्षकी युवतिले उजुरी दर्ता गराएकी थिइन् । कान्तिपुर दैनिकमा समाचार छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here