महाभारतको मुख्य पात्र अभिमन्यु चक्रव्यूहमा नमारिएको भए के हुन्थ्यो

605

महाभारत कथाको महत्वपूर्ण पात्र मध्ये अभिमन्यु पनि एक हुन् ।  पूरु कुलको राजा तथा पञ्च पाण्डवहरूमध्ये अर्जुनका पुत्र थिए । चंद्र देवताको पुत्र मानिने अभिमन्यु महाभारतको नायक अर्जुन र सुभद्राका पुत्र तथा बलराम र कृष्णका भान्जा पनि थिए । कथामा उनको कारुणिक अन्त चक्रव्यूहमा भएको छल र चक्रव्यूहबाट निस्किन नसकेर भएको देखाइएको छ ।

बाल्यकाल आफ्नो मामाघर द्वारकामा बिताएका उनले आफ्नो माताको कोखमा रहँदा नै पिता अर्जुनको मुखबाट सम्पूर्ण युद्ध विद्यासँगै चक्रव्यूह भेदन गर्ने रहस्य जानेका थिए । तर आमा सुभद्रा बिचैमा निदाएपछि उनले चक्रव्यूह भन्दा बाहिर आउने विधि सुन्न पाएका थिएनन् । उनको यो कमजोरीको फाइदा उठाउँदै कौरव पक्षका सबै महारथी युद्धको मापदण्डहरूलाई भुलाएर उक्त बालक माथि बर्सिए ।

कौरव पक्षले युद्धको मापदण्डहरु नाघेर अभिमन्युको मृत्युपछि महाभारतको पुरै युद्धले नयाँ मोड लिएको थियो । अभिमन्युको अन्तले युद्धमा छल कप्टको प्रवेश भएको अनुमान गरिएको छ । यदि छलको प्रयोग बिना अभिमन्युले वीरगति प्राप्त गरेको भए युद्ध पूर्ण रुपमा मापदण्ड अनुसार सम्पन्न हुन् थियो होला । युद्ध मापदण्डअनुसार लडाई गरिरहेका सम्पूर्ण पाँच पाण्डवहरुको जीवन धरापमा पर्ने सम्भावना प्रवल थियो । एक पक्षले नियम तोडेपछि अर्कोले पनि नियम पालना गर्न आवश्यक भएन र उनीहरुले पनि छल गर्न सुरु गरे ।

अभिमन्युको विवाह महाराज विराटकी छोरी उत्तरासँग भएको थियो । परीक्षित अभिमन्युको मृत्युपछि जन्मेको छोरा हुन् जसले युद्धको समाप्तिपछि पाण्डव वंशलाई अगाडि बढाए । अभिमन्युको संसारबाट सधैको लागि सबैलाई छोडेर जाँदा उनकी पत्नी गर्भवती थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here