समुदाय-प्रहरी साझेदारी अन्तर्गत अन्तरक्रिया कार्यक्रम सम्पन्न

660

काठमाडौं / महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलको प्रमुख आतिथ्यमा समुदाय-प्रहरी साझेदारी अन्तर्गत काठमाडौं महानगरपालिका-४ टुडालदेवी मन्दिर परिसरमा सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको  छ ।

अन्तरक्रिया कार्यक्रममा उठेका जिज्ञासाहरूको निरुपण गर्दै प्रहरी नायव महानिरीक्षक पोखरेलले आम नागरिकसँग समन्वय र सहकार्यले सुरक्षित समाज निर्माण गर्न सकिने हुनाले समुदाय-प्रहरी साझेदारीको अवधारण ल्याइएको उल्लेख गर्नुभयो । समाजमा शान्ति सुरक्षा कायम गर्नको साथै अपराध नियन्त्रणका लागि आवश्यक कुनै पनि घटनाको सूचना तत्कालै
प्रहरीलाई दिन समेत उहाँले आग्रह गर्नुभयो ।

प्रहरी नायव महानिरीक्षक पोखरेलले सुशासन कायम गर्ने सरकारको प्रतिबद्धतालाई सफलिभूत बनाउने कार्यमा प्रहरीले निष्पक्षता, समानता, पारदर्शिता, जवाफदेहीता र व्यवसायिकताका साथ बिनास्वार्थ काम गर्ने जनाउनुभयाे ।  नागरिकले उठाएका जिज्ञासा र प्रहरी संगको अपेक्षा, प्रहरीमा आउने सूचना तथा गुनासालाई मध्यनजर राखी शान्ति सुरक्षाको  विषयलाई विश्लेषण गर्दै नयाँ योजनाका साथ आगाडि बढ्ने उहाँले उल्लेख गर्नुभयो ।

सामुदायिक सेवा केन्द्र टुडालदेवीको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा पूर्व प्रहरी महानिरीक्षक अच्युत कृष्ण खरेल, पूर्व न्यायाधिस बुद्ध रत्न शाक्य, पूर्व अतिरिक्त महानिरीक्षकहरू, समाजसेवी नागरिकहरू समेतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here