माकेको स्थायी कमिटी बैठकले ५ सदस्यीय उपसमिति बनाउने निर्णय

71

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले विधान परिमार्जन गर्नको लागि ५ सदस्यीय उपसमिति बनाउने निर्णय गरेको छ।

शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले विधान परिमार्जन गर्नको लागि ५ सदस्यीय उपसमिति बनाउने निर्णय गरेको हो।

विधान परिमार्जन उपसमितिमा देव गुरूङ, पम्फा भुसाल, लिलामणि पोखरेल, जनार्दन शर्मा र मात्रिका यादव रहेको र उक्त उपसमितिले आउँदो मंसिर २५ गतेसम्म विधान परिमार्जन गरिसक्ने पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताए।  प्रवक्ता महाराले राष्ट्रिय सम्मेलनमा आउने प्रत्येक सदस्यहरूको प्रवेश शुल्क दुई हजार रुपैयाँ तोकेको पनि जानकारी दिए।

उनले राष्ट्रिय सम्मेलनको लागि व्यवस्थापन उपसमिति बनाइएको पनि जनाए । बैठकले हितमान शाक्यको नेतृत्वमा व्यवस्थापन उपसमिति र कृष्णबहादुर महराको नेतृत्वमा प्रचारप्रसार उपसमिति बनाउने निर्णय गरेको छ।  त्यस्तै, बैठकले राष्ट्रिय सम्मेलनका लागि स्वयंसेवक उपसमिति र स्वास्थ्य उपसमिति बनाउने निर्णय गरेको पनि जनाए।

प्रवक्ता महराका अनुसार,‘खास गरेर केन्द्रीय प्रतिनिधिको विषयमा हिजो जुन निर्णय गरेका छौं, त्यसलाई प्रस्तावकै रूपमा कायम राख्दै अन्य थप केन्द्रीय प्रतिनिधिहरू पठाउने ठाउँहरू धेरै छन्, उनीहरू सबैलाई फेरि थप प्रस्ताव तयार गरेर अर्को बैठकमा ल्याउने गरी अध्यक्षलाई जिम्मा दिएको छ।

प्रतिनिधिहरू छान्ने विषयमा पनि छलफल भएको छ। राष्ट्रिय सम्मेलनको विषयमा प्रतिनिधि छान्नको निम्ति हरेक प्रदेशले ३० जना ल्याउने र बाँकी पार्टी सदस्य नविकरणको संख्याको आधारमा कुन प्रदेशले कति गर्‍यो त्यसको आधारमा ठोस गर्ने भन्ने निर्णय गरिएको छ। आउने प्रतिनिधिहरूको प्रवेश शुल्क तोकिएको छ। प्रत्येक पार्टी सदस्यलाई २ हजार प्रवेश शुल्क तोकिएको छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here