दुई वर्ष प्रधानमन्त्री बन्‍न दिए १० वर्षमा चीनलाई उछिनेर देखाउँछु : वामदेव गौतम

176

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टीका संगठन विभाग प्रमुख वामदेव गौतमले आफुलाई २ वर्ष प्रधानमन्त्री बन्‍न दिएमा झन् छिटो समाजवाद ल्याइदिने  जनाएका छन् ।

आइतबार ‘विश्व व्यवस्था र चीन : नेपालमा समाजवादको सम्भाव्यता’ विषयमा काठमाडौंमा आयोजित कार्यशालामा बोल्दै नेता गौतमले अबको ५ वर्षमै नेपालमा समाजवाद आउन सक्ने दाबी गर्दै  हुन् ।

काठमाडौंमा आयोजित कार्यक्रममा राजनीतिक विश्लेषक डाक्टर खगेन्द्र प्रसाईंले प्रस्तुत गरेको कार्यपत्रमा टिप्पणी गर्दै उनले भने, ‘मलाई दुई वर्ष मात्रै प्रधानमन्त्री बनाए झन् छिटो ५ वर्षमा नेपालमा समाजवाद आउँछ ।

‘१० वर्षमा समृद्धि र विकासमा चीनलाई उछिन्छौ।’ नेता गौतमले आफ्नो पार्टीको दस्तावेजमा असहमति यथावत रहेको जिकिर गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here