काठमाडौं / प्रस्तावित सूचना प्रविधि विधेयकप्रति साझा पार्टीले समेत आपत्ति जनाएको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गरी साझा पार्टीले सरकार पछिल्लो रवैया र उक्त विधेयकप्रति आपत्ति जनाएको हो।
संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रता, शक्ति पृथककीकरणको सिद्धान्तलाई प्रतिकुल विधेयक सरकारले ल्याउने तयारी गरेको कदकको उक्त पार्टीले कडा आलोचना समेत गरेको छ।
यो विधेयक समग्र लोकतन्त्रको मर्मकै प्रतिकूल रहे पनि सरकारले विधेयक फिर्ता नलिनुमा आपत्ति रहेको प्रवक्ता डा सूर्यराज आचार्यले जनाए । वर्तमान छापाखाना तथा प्रकाशन ऐन, राज्य विरूद्धको अपराध ऐन, विद्युतीय कारोबार ऐन र गाली बेइजज्जतीसम्बन्धी कसुरमा भएको सजायाहरूभन्दा नयाँ ल्याइएको विधेयका सजायाहरू असामान्य र अत्यधिक रहेको पार्टीको धारणा रहेकाे छ।
यो विधेयक पारित भएको खण्डमा सामाजिक सञ्जालको प्रयोगमा समेत नियमन होइन स्पष्टरूपमा नियन्त्रण लागू हुने साझाको धारणा छ। साझा पार्टीले प्रस्तावित सूचना प्रविधि विधेयक तुरून्त फिर्ता गर्न माग गरेका छन्। यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको थियो।


















