अवैध लागूऔषध सहित पक्राउ

167
Addiction II

काठमाडौं / चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट धादिङ सेराङ गाउँपालिका-१ बस्ने २१ वर्षीय देवराज लामालाई अवैध लागूऔषध गाँजा २ सय ५३ ग्राम र अवैध लागूऔषध चरेश जस्तो देखिने वस्तु ९ सय ५० ग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.३ ख ३००७ नम्बरको बस जाँच गर्ने क्रममा लामालाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here