काठमाडौं / नेपाली राष्ट्रिय फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ र मिडफिल्डर अनिता बस्नेतले सिजनको भारतीय महिला फुटबल लिग खेल्ने भएका छन्।
उनीहरूले लगातार दोस्रो सिजन आइ लिग खेल्न लागेका हुन्। अघिल्लो सिजन एउटै क्लबबाट खेलेका उनीहरूले यो सिजन भने फरक–फरक क्लबबाट खेल्ने भएका छन्। यो सिजन अनिताले सेथु एफसी र साम्बाले गोकुलम केराला एफसीबाट खेल्नेछिन्। गत सिजन दुवैले सेथुबाट खेलेका थिए। उनीहरूकाे एक महिनाको सम्झौता भएको अनिताले जनाइन् । दुवै खेलाडी आज भारतको बेंग्लोर प्रस्थान गरेका छन्।
महिला लिग शुक्रबारदेखि सुर हुँदैछ। लिगमा १२ क्लबबीच प्रतिस्पर्धा हुँदैछ। ६–६ क्लबलाई दुई समूहमा विभाजन गरिएको छ।

















