कोरोना बारे गुगलले ‘इमर्जेन्सी अलर्ट’ सेवा सुरु गर्‍यो

163

एजेन्सी / प्रसिद्ध सर्च इन्जिन गुगलले कोरोना भाइरसबारे चेतना फैल्याउने उद्देश्यले ‘एसओएस अलर्ट’ सुरु गरेको छ। आकस्मिक अवस्थामा सूचना आदानप्रदान गर्ने कार्यलाई ‘एसओएस’ भनिन्छ। विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)सँगको सहकार्यमा गुगलले यो सेवा सुरु गरेको हो। यो सेवा सुरु भएसँगै सर्चबारमा ‘कोरोना भाइरस’ टाइप गरेमा पछिल्ला अपडेटहरू प्राप्त गर्न सकिनेछ।

यसबाहेक, डब्ल्यूएचओद्वारा जारी अत्यावश्क सूचनाहरू प्राप्त गर्न सकिने गुगलले जनाएको छ। त्यस्तै, उक्त भाइरससम्बन्धि महत्वपूर्ण प्रश्नोत्तरहरूमा पहुँच पाउन पनि सकिनेछ। हालसम्म यस भाइरसबाट कारण २१३ जना चिनियाँको मृत्यु भइसकेको छ। अन्य १८ देशमा समेत भाइरस फैलिएको पाइएपछि डब्ल्यूएचओले स्वास्थ्य संकटकाल घोषणा गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here