गजल १
{मझौला झ्याउरे}[श्रीङ्गारीक भाव]
तिम्रो जीवन्मा उर्लँदो झर्ना बनेर झरौला
थापेर राख मायाको घडा मिलेर भरौला।।
अंधेरी रात मायाको काख भूलेर संसार
परेर दङ्ग मायालु सङ्ग प्रेमालाप् गरौला।।
नजाउ छेउ भो हुन देउ,टेकौली चिप्ल्यौली
मधुर बोली बैँशको खोली साथमा तरौला।।
जोतेर हलो खेतको खलो तयार बनाइ
मल र जल फलाउन् फल बिजन छरौला।।
तिमिले हाँस्दा, साथमा बस्दा मुहार पढेथें
कति छन् के’था मनका ब्यथा सकेको हरौला ।
गजल २
जुमला
~~~~
तिमी सुनाउदै छौ नुन,गुन अनि पसिनाका कुरा
माटो बचाउन हामी सुन्दैनौ झिनामसिनाका कुरा//
उड्न सक्नेको उद्धेश्य चन्द्र र तारा छुने हुनु पर्छ
गिद्ध हौ तिमी आखिर गरिराख सिनाका कुरा//
मर्न प्राण जानैपर्छ भन्ने छैन,केही डर काफी छ
किसानका अघि नगर्नुहोस् आँधी र असिनाका कुरा//
मधुशाला गएर वेश्यालय धाएर स्वर्ग ठान्यौ हो?
इन्द्र हुन्नौ गर्दैमा सुराका कुरा हसिनाका कुरा//
तिमी“ज़िन्दगीको गाँठो कहिल्यै फुकेन”भन्छौ बस्छौ
पासोसँग सिक्ने गर गाँठो अनि कसिनाका कुरा//
अाँचल कुमार शर्मा
काठमाडौं

















