संविधान धर्मशास्त्र होइन, संशोधन हुन्छ

232

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान धर्मशास्त्र नभएकाले आवश्यकताअनुसार संशोधन हुने बताएका छन् । आफूले कहिल्यै संविधान संशोधनविरुद्ध नबोलेको उनले दाबी गरे ।

प्रधानमन्त्री ओलीले शनिबार प्रदेश सभालाई सम्बोधन गर्दै आफ्ना बारे अफवाह फैलाइएको बताए । ‘संविधान संशोधन हुँदैन भनेर मैले कहिल्यै भनेको छैन, यो अफवाह हो,’ ओलीले भने, ‘म ५० वर्षदेखि सक्रिय रूपमा राजनीतिमा लागेको व्यक्ति संविधान, कानुन, विधान परिर्वतन हुँदैन कसरी भन्न सक्छु ? संविधान कुनै धर्मशास्त्र होइन, दस्तावेज हो, देश र जनताको हितका लागि परिर्वतन गर्न सकिन्छ ।’ नयाँ पत्रिकाबाट ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here