नयाँ आइफोनसंगै दुई नयाँ आइप्याड लञ्च गर्दै एप्पल

129

 एजेन्सी/ सन् २०१८ को अन्त्यतिर एप्पलले नयाँ आइफोन लञ्च गर्ने सम्भावना छ । आइफोन निर्माता कम्पनी एप्पलले यो वर्ष तीन नयाँ आइफोन लञ्च गर्ने समाचार लामो समयदेखि नै चर्चामा रहँदै आएको थियो ।

एप्पलले यो वर्ष केवल नयाँ आइफोन मात्र होइन, दुई नयाँ आइप्याड ट्याबलेट पनि लञ्च गर्न सक्नेछ । नयाँ ११ इन्चको आइप्याडले १०.५ इन्चको मोडेललाई प्रतिस्थापन गर्नेछ । यो डिभाइसको स्क्रिन साइज केही ठूलो हुनसक्नेछ । नयाँ आइप्याड प्रोमा फास्ट चार्जिङका लागि युएसबी टाइप सी सपोर्ट पनि हुनेछ ।

यी दुवै आइप्याड ट्याब्लेटसँगै केही अन्य डिभाइस पनि एप्पलले लञ्च गर्नसक्नेछ । समाचार अनुसार एप्पलले इन्ट्री लेभल म्याकबुक सिरिज तथा बहुप्रतिक्षित एयरपावर वायरलेस चार्जर लञ्च गर्न सक्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here