वडाध्यक्षको हत्या अनुसन्धानमा ढिलाईका कारण अछामबासीले आन्दोलन शुरू गरे

179

कैलाली /  वडाध्यक्षको हत्या अनुसन्धानमा ढिलाई भएको भन्दै अछाममा आन्दोलन सुरु भएको छ । अछामको पन्चदेवल विनायक नगरपालिका–२ का अध्यक्ष पदमबहादुर धामीको हत्यामा संलग्नलाई पक्राउ गरी कारबाहीको माग गर्दै बुधबारदेखि आन्दोलन सुरु भएको हो ।

धामी मङ्गलबार बिहान विनायक बजारबाट ३० मिनेटको दुरीमा रहेको गैरीगाउँको गोठमा मृत भटिएका थिए ।

आज बिहानैदेखि उनका आफन्तहरूले मध्यपहाडी लोकमार्ग अवरुद्ध गरेका छन भने । विनायक बजार पनि बन्द छ ।

आफन्त तथा स्थानीयवासीले नगर क्षेत्रका सबै शैक्षिक संस्था र सरकारी कार्यालयहरू पनि बन्द गराएका छन् । पन्चदेवल बजारमा बिहानैदेखि टायर बालिएको छ । सवारी आवतजावत् बन्द भएपछि यात्रुहरू अलपत्र परेका छन् ।

अनुसन्धानमा प्रहरीले ढिलाइ र लापरबाही गरेको भन्दै आन्दोलन सुरु गरेको आफन्तहरूले बताएका छन् । प्रहरीकै लापरबाहीका कारण घटनाका संलग्नहरू उम्किन सक्ने आरोप आफन्त तथा स्थानीयको छ ।

घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई पक्राउ नगर्दासम्म आफूहरुले शव नउठाउने र आन्दोलन पनि जारी राख्ने स्थानीइको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी उपरीक्षक दीपक भारतीले तालीमप्राप्त कुकुरसहितको टोलीले अनुसन्धान गरिरहेको जनाएका छन् ।

मङ्गलवार धनगढीबाट पठाइएको तालिम प्राप्त कुकुरसहितको टोली घटना स्थलमा पुगेर अनुसन्धान सुरु गरेको भारतीले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here