आगलागीबाट विभिन्न धनमाल नष्ट

71

काठमाडौं / महोत्तरी, बर्दिबास नगरपालिका-४ माईस्थान बस्ने भक्त बहादुर विकको घरमा आइतबार बिहान आगलागी हुँदा करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

संखुवासभाकाे पाँचखपन नगरपालिका-७ नागी बस्ने तेब्बा शेर्पाको टिनको छानो भएको भान्सा घरमा आइतबार बिहान आगालागी हुँदा काठपात, भाँडावर्तन र अन्नपात जलेर करिब १ लाख २५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । यसैगरी संखुवासभा, खाँदबारी नगरपालिका-२ चेवा बस्ने होम बहादुर दर्जीको गोठमा खोले पकाउने क्रममा आज बिहान आगलागी हुँदा करिब ५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

सर्लाहीकाे बर्दिबास नगरपालिका-४ माईस्थान बस्ने भक्त बहादुर विकको घरमा आज दिउँसो आगलागी हुँदा घर, अन्नपात लत्ताकपडा र भाँडावर्तन जलेर करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here