स्रोत नखुलेको नेपाली रुपैयाँ सहित पक्राउ

484

पर्सा / वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकस्थित सडकबाट स्रोत नखुलेको नेपाली ५ लाख ५० हजार रुपैयाँ सहित भारत बिहारका ५० वर्षीय सुरेश महत्तोलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

अवैध वित्तिय कारोवार (हुण्डी) भईरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले भारतको रक्सौलबाट वीरगंजतर्फ आउँदै गरेको बीआर ०५ एए ७३१९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त स्रोत नखुलेको नेपाली रुपैयाँ फेला पारी मोटरसाइकल सहित उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here