काठमाडौं / प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल आर्थिक पत्रकार समाज (सेजन) को संयोजनमा आज माघ २७ गते अन्तक्र्रिया सम्पन्न भयो ।
सो अवसरमा प्रेस काउन्सिल नेपालका सदस्य तथा वरिष्ठ पत्रकार गोपाल बुढाथोकीले मिडियामा मालिक हस्तक्षेप बढ्दै गएको, सम्पादकीय स्वतन्त्रतामाथि प्रहार हुन थालेको भन्दै वाइड बडी, सेनाको जहाज खरिद प्रकरणजस्ता ठूला ठूला इस्यू बाहिर आउन नसकेको उल्लेख गर्नुभयो ।
सो अवसरमा अर्थविज्ञ डा. गोविन्दबहादुर थापाले पत्रकारले करियर बनाउने हो भने आग्रह÷पूर्वाग्रहरहित समाचार सम्प्रेषण गर्नुपर्ने, संघ संस्थाले दिने व्यक्तिगत पुरस्कार ग्रहण गर्नुभन्दा संस्थागत उपयुक्त हुने उल्लेख गर्दै अर्थसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
सेजनका पूर्व अध्यक्ष गोकर्ण अवस्थीले काउन्सिलबाट जारी आचारसंहिताको आधारमा आर्थिक पत्रकार आचारसंहिता, २०७३ मा जारी गरिएको र पत्रकार व्यावसायिक, पेशागत, सभ्य, अध्ययनशील हुनुपर्ने धारणा राख्नुभयो ।
सेजनका अध्यक्ष भीम गौतमले आर्थिक पत्रकार आचारसंहितालाई थप परिमार्जन गरिने, उजुरीको प्रकृति र आधारमा सदस्यता निलम्बनसमेत गरिएको, जो पत्रकारिता गर्दैन, स्वतः सदस्यता खारेज हुने प्रावधान रहेको भन्दै सेजनले आर्थिक पत्रकारिताबारे तालिम तथा अनुसन्धान गरिरहेको जनाउनुभयाे ।
प्रेस काउन्सिल नेपालका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसालले समाचारमा असन्तुलित, समाचार र बिज्ञापन नछुट्टिने, कतिपय अनलाइनले कारण नखुलाई पोष्ट डिलिट गर्ने गरेको जनाउनुभयो ।
पत्रकार नवराज चालिसेले संघ÷संस्थाले दिने पुरस्कार के गर्ने होला रु भोजभतेरमा गएर खान हुने कि नहुने, कर्पोरेटले न्युज सेन्सर गरिरहेको तर मात्रा कम वा बढी १ पत्रकारिताको मूल्यमान्यताबारे मालिक, सम्पादकबिच छलफल आवश्यक रहेको उल्लेख गर्नुभयो ।
पत्रकार अनुज ढुङ्गेलले मार्केटिङमा जानेहरूले पत्रकारिता गर्न थालेकाले चुनौती थपिएको, यसप्रकारको कार्यक्रममा उत्पादक, कम्पनी साहुजीहरुलाई सहभागि गराउनुपर्ने, भ्रमणमा जानेले प्रायोजकबारे जानकारी गराउँदा पारदर्शीता हुने धारणा राख्नुभयो ।
प्रेस काउन्सिल सदस्य चेतनाथ धमला, पत्रकार विज्ञान अधिकारी, कुबेर चालिसेले आर्थिक पत्रकारिताको प्रवृति, अवस्था र चुनौतीबारे धारणा राख्नुभएको थियो । रिपोर्ट, तस्विर स् महेन्द्रराज सिंह



















