हुण्डी कारोबारमा संलग्न २ जना पक्राउ

134

सर्लाही /  जिल्लाकाे मलंगवाबाट दुई जना हुण्डी कारोबारी पक्राउ परेका छन्। भारतको सोनवर्सा बजारबाट १८ लाख रुपैँया लिएर आउँदै गरेका कविलासी नगरपालिका-१० सलेमपुर बस्ने ३७ वर्षीय विनोद पण्डित र २५ वर्षीय अजय कुमार रायलाई शशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला सुरक्षा बेस मंलगवाबाट सशस्त्र प्रहरी निरिक्षक संजित सिंहको कमाण्डमा खटिएको प्रहरी टोलीले ना २७ प ८२३३ नम्बरको मोटरसाइकलमा आउँदै गरेका दुवै कारोबारीलाई नियन्त्रणमा लिएको हो। उनीहरुको साथबाट बरामद भएको नगद, तीन थान मोबाइल र मोटरसाइकल जिल्ला भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको प्रहरी निरीक्षक सिंहले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here