डेविड वार्नरले जिते एलान बोर्डर अवार्ड

96
SYDNEY, AUSTRALIA - JANUARY 23: David Warner poses on stage after winning the 2017 Allan Border Medal at The Star on January 23, 2017 in Sydney, Australia. (Photo by Jason McCawley/Getty Images)

एजेन्सी / अष्ट्रेलियन क्रिकेटर डेविड वार्नरले एलान बोर्डर मेडल अवार्ड जित्न सफल भएका छन् ।

गत वर्षभर टेष्ट, एकदिवसीय र टी-२० क्रिकेट प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा वार्नरले अवार्ड जितेका हुन् । उनले स्टिभ स्मिथ र प्याट कमिङलाई पछि पार्दै यो अवार्ड जितेका हुन् ।

वार्नरले तेस्रो पटक यो अवार्ड जितेका हुन् । यसअघि वार्नरले २०१६ र २०१७ मा पनि अवार्ड जितेका थिए । रिकी पोन्टिङ र माईकल क्लार्कले सर्वाधिक ४-४ पटक यो अवार्ड जितेका छन् ।

यस्तै वार्नरले टी २० प्लेअर अफ दी इयर अवार्ड समेत जिते । टेष्ट प्लेअर अफ दि ईअरको अवार्ड मार्नुस लाबुसचेनले जिते । उनले पनि स्मिथ र कमिङलाई नै पछि पारे ।

ओडीआई टिमका कप्तान आरोन फिन्चले ओडीआई प्लेअर अफ दि ईअरको अवार्ड जितेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here