स्वस्थानी व्रत किताबकाे पाना च्यात्न सांसद यसोदाको माग

161

काठमाडौं /  प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा नेकपाकी सांसद यशोदा सुवेदी गुरुङले स्वस्थानी व्रतका किताबका पाना च्यात्नु पर्ने माग गरेकी छिन्  । उनले धर्मको नाममा विभेद हुने स्वस्थानी व्रतका किताव र महिलाहरुले पञ्चमी नुहाउने प्रथालाई समाजबाट हटाउन माग गरेकी हुन् ।

सरकारले छाउगोठ भत्काउने अभियान राम्रो रहेको तर छाउँगाठ भत्काउनु समस्याको समाधान नभएको जनाउँदै समाजमा धर्मको नाममा महिलाहरुलाई पछाडि पार्ने धर्म र संकृतिको परिमार्जन गर्नुपर्ने जनाएकी छिन् ।

उनले मानिसको मन र मनस्थितिमा रहेको कु प्रथालाई भत्काउनु पर्ने र यस्ता छाउप्रथालाई मदबुद पार्ने खालका धर्महरुलाइ परिमार्जन गर्न सरकारको ध्यानार्कषण गराइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here