संस्कृत विश्वविद्यालयका विद्यार्थीले नौ वर्षदेखि प्रमाणपत्र पाउनबाट बञ्चित

99

काठमाडौं – नेपाल संस्कृत विश्वविद्यालयबाट विभिन्न तहको अध्ययन पूरा गरेका विद्यार्थीले नौ वर्षदेखि मूल प्रमाणपत्र पाएका छैनन् । प्रत्येक वर्ष हुनुपर्ने दीक्षान्त समारोह नहुँदा विद्यार्थीले मूल प्रमाणपत्र नपाएका खबर आजको नयाँ पत्रिका दैनिकमा लेखीएको छ ।

०६७ पछि आएका दुई कार्यकालका पदाधिकारीले दीक्षान्त कार्यक्रम गर्न नसक्दा विद्यार्थी विभिन्न अवसर गुमाउन बाध्य छन् । अहिले उपकुलपतिलगायतका पद रिक्त छन् ।

विभिन्न तह उत्तीर्णपछि ट्रान्सक्रिप्ट लिएका विद्यार्थीले समेत सास्ती खेप्नुपरेको छ । विदेश अध्ययन, सरकारी सेवामा प्रवेश गर्नेलगायतका काममा विद्यार्थीलाई समस्या परेको छ ।

मूल प्रमाणपत्र माग्न आउने विद्यार्थीलाई विश्वविद्यालयले सिफारिसपत्र दिएर पठाउने गरेको छ । परीक्षा नियन्त्रक नीलप्रसाद सापकोटाले नयाँ पदाधिकारी आएपछि मात्र दीक्षान्तका विषयमा छलफल र तयारी हुन सक्ने जानकारी दिनुभयो । अहिले विश्वविद्यालय निमित्तको भरमा चलेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here