काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता एवं प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’का छोरा पक्राउ परेका छन्। ‘विप्लव’ नेकपा निकट अखिल (क्रान्तिकारी) केन्द्रीय कोषाध्यक्ष तथा ‘प्रकाण्ड’का छोरा नरेन्द्र विश्वकर्मा पक्राउ परेको प्रहरीले जनाएको हो ।
उनलाई प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो १ः३० बजे बानेश्वरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउपछि कोषाध्यक्ष विकलाई अपराध महाशाखा, टेकु लगिएको प्रहरीले जानकारी दिएको छ ।

















