एक लाख अमेरिकी डलर नोट टाँसिएको कुर्ची

264

एजेन्सी– यस्तो लाग्छ, मानौँ विश्व अहिले पनि पैसाको पछाडि दौडिइरहेको छ । हुन पनि विश्वको जुनसुकै कुनामा पनि पैसाका लागि केही गर्नु पर्छ भन्ने सोच बढिरहेको छ ।

अब रुसको राजधानी मस्कोमा पनि एउटा आर्ट म्युजियममा यस्तो कुर्ची बनाइएको छ जसमा कम्तिमा पनि एक लाख अमेरिकी डलरका नोट टाँसिएको छ । यो कुर्चीमा आम मानिस पनि बस्न पाइने बनाइएको छ ।

यो कुर्चीको नाम एक्स १० मनी थ्रोन राखिएको छ । यसलाई आम मानिसलाई बस्नका लागि बनाइनुको कारण यसमा मानिसहरु बसेर पैसा कमाउने भन्नेबारे सोच्नका लागि हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here