कोरोना भाइरसको संक्रमण विश्वभरि फैलिने जोखिम अति उच्च : डब्लुएचओ

146

एजेन्सी  – नोवेल कोरोना भाइरसको संक्रमण विश्वभरि तीव्र रुपमा बिस्तार भएको र जोखिमको अवस्था उच्च बनेको विश्वस्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । कोभिड–१९ को प्रभाव तथा जोखिमको अवस्था उच्च तहमा पुगेको डब्लुएचओको भनाई छ ।

विश्वभरि कोरोना भाइरसको संक्रमण फैलिने जोखिम अति उच्च रहेको भन्दै डब्लुएचओले सतर्क रहन आग्रह गरेको छ ।

डब्लुएचओका प्रमुख डा. टेड्रोस अड्हनोम गेब्रियेसुसले कोरोना भाइरसलाई लिएर फैलिएको डर र गलत जानकारी सबैभन्दा ठूलो चुनौति रहेको बताएका छन् ।

विश्वका ५० भन्दा बढी देशमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । इरानका सरकारी अधिकारीले शुक्रबारसम्म कोरोनाका कारण ३४ जनाको मृत्यु भएको बताए पनि अस्पताल स्रोतहरुले भने मृत्यु हुनेको संख्या कम्तिमा २१० रहेको  जनाएका  छन् ।

जेनेभामा भएको पत्रकार सम्मेलनमा डा। टेड्रोसले अहिलेसम्म भाइरसहरु स्वतन्त्र रुपमा फैलिएको प्रमाण अहिलेसम्म फेला नपरेको जनाए ।

विश्वव्यापी रुपमा  हालसम्म ८० हजार भन्दा बढी मानिसमा कोरोनाको संक्रमण भएको छ र झण्डै २८ सयजनाको मृत्यु भएको छ । संक्रमित तथा मृत्यु हुने अधिकांश चीनका छन् । चीनमै पनि अधिकांश हुबेइ प्रान्तको वुहान शहरका छन् ।

कोरोना भाइरसको संक्रमण रोक्ने प्रयास स्वरुप स्वीट्जरल्याण्डले एक हजार जनाभन्दा बढी मानिस भेला हुने सबै कार्यक्रम मार्च १५ सम्मका लागि रद्द गरेको छ ।

यस्तै आइसल्याण्ड, नाइजेरिया, मेक्सिको, न्युजिल्याण्ड, बेलारुस तथा नेदरल्याण्डसमा पनि कोरोनाको संक्रमण पुगेको छ । चार महादेशका यी ६ देशमा पहिलो पटक कोरोनाको संक्रमण देखिएको हो ।

विश्वका ५० भन्दा बढी देशमा संक्रमण फैलिएको भए पनि कोरोनाको संक्रमण विश्वव्यापी महामारी भने नरहेको डब्लुएचओले जनाएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here