वामदेवलाई राष्ट्रिय सभामा पठाउने निर्णय सर्वसम्मत – महासचिव पौडेल

176

काठमाडाैं – वामदेव गौतमलाई भारतीय विस्तारवादको कठोर आलोचक मानिन्छ भने अर्थमन्त्री खतिवडालाई नवउदारवादका हिमायति मानिन्छ । पार्टीको सो निर्णयपछि नेकपा भित्र र बाहिर रहेका भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादका एजेन्टहरूले प्रधानमन्त्री ओलीलाई विभिन्न दबाब दिएको आशंका गरिएको छ ।

 नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव क। विष्णु पौडेलले पार्टी उपाध्यक्ष क। वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउन गरिएको सिफारिस सर्वसम्मत रहेको र हेरफेर नहुने  जनाएका छन् ।  केही सञ्चार माध्यममा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयको निर्णय उल्ट्याउँदै अर्थमन्त्री युवराज खतिवडालाई नै सिफारिस गरेको विषय आएको सन्दर्भमा सो कुरा जनाउनुभयाे ।

महासचिव क. पौडेलले भन्नुभयो, ‘वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय सर्वसम्मतबाट भएको हो । प्रधानमन्त्री ज्यू पनि पूर्णं सहमत हुनुहुन्छ । अघिल्लो सचिवालय बैठकमा पनि उहाँले नै बामदेव कमरेडको विषयमा कुराकानी गर्नुभएको थियो । उहाँले त्यस्तो गर्ने भन्ने नै हुँदैन् ।’

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले पार्टी उपाध्यक्ष तथा संगठन विभाग प्रमुख क। वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको थियो । सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्य नियुक्तिका लागि निर्णय गरेको हो ।

कम्युनिस्ट सरकारको अर्थमन्त्री भएर पनि नवउदारवादी तथा समाजवाद विरोधी नीतिहरू लागू गराउन भूमिका खेल्दै आएका अर्थमन्त्री डा। युवराज खतिवडा राष्ट्रपतिबाट मनोनित राष्ट्रिय सभा सदस्य हुनुहुन्छ । आगामी फागुन २० पछि उहाँको कार्यकाल सकिँदैछ र सोही स्थानमा उपाध्यक्ष गौतमलाई मनोनित गर्न नेकपाले सरकारलाई सिफारिस गर्न सुझाव दिएको हो ।

क. वामदेव गौतमलाई भारतीय विस्तारवादको कठोर आलोचक मानिन्छ भने अर्थमन्त्री खतिवडालाई नवउदारवादका हिमायति मानिन्छ । पार्टीको सो निर्णयपछि नेकपा भित्र र बाहिर रहेका भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादका एजेन्टहरूले प्रधानमन्त्री ओलीलाई विभिन्न दबाब दिएको आशंका गरिएको छ भने नेकपाले सचिवालय निर्णयलाई दृढतापूर्वक कार्यान्वयन गर्दै विस्तारवाद र साम्राज्यवादलाई पराजित गर्ने विश्वास गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here