मादक पदार्थ सेवन गरेर साइकल चलाएमा जेल जानुपर्ने देश

143

एजेन्सी – जापानको उन्नति र प्रगतिमा क्यामरा तथा प्रविधिको अहम् भूमिका छ भनिन्छ । तर केवल प्रविधिले मात्र जापानीहरुलाई सुरक्षित बनाएको होइन । कडा कानून, अपराध नियन्त्रण तथा रोकथाम गर्ने नीति नियम तथा शिक्षा र चेतनाकै कारण जापान सुरक्षित देश बनेको हो ।

जापान विश्व शान्ति सूचकांकमा निकै अगाडि छ भने त्यहाँ हत्या र हिंसाका घटना कमै हुने गर्दछन् । अपराधप्रतिको शून्य सहनशीलताको नीति र सदियौँ देखिको मजबुत नियम कानूनका कारण जापानी समाज सभ्य र सुसंस्कृत छ । मानव जीवनका हरेक कार्यहरु नियमबद्ध तथा कानूनबाट निर्देशित छन् । जापानमा मादक पदार्थ सेवन गरेर साइकल पनि चलाउन पाइँदैन । यदि कसैले रक्सी पिएर साइकल चलाएको पाइएमा जरिमाना तथा कैद सजायसमेत भोग्नु पर्दछ ।

हेडफोन कानमा लगाएर साइकल चलाउन, साइकल चलाउँदा फोनमा कुरा गर्न तथा पानी परेको बेला छाता ओडेर साइकल चलाउन पनि पाइँदैन ।

जापानमा रेलभित्र साइकल लैजान पनि पाइँदैन । ब्रेक बिग्रिएको साइकल चलाएको पाइएमा ५० हजार जापानी येन जरिमाना तिर्नुपर्दछ । यदि कसैले रक्सी पिएर साइकल चलाएको पाइएमा पाँच वर्षसम्म कैद र १० लाख येन जरिमाना तिर्नुपर्दछ ।

त्यस्तै पानी परेको बेला छाता ओडेर साइकल चलाएको पाइएमा तथा फोनमा कुरा गर्दै वा गीत सुन्दै साइकल चलाएको पाइएमा ५० हजार येनसम्म जरिमाना हुन सक्दछ ।

एउटा साइकलमा दुईजना चढ्न पनि बन्देज छ जापानमा । यदि एउटा साइकलमा दुईजना चढेको भेटिएमा २० हजार येनसम्म जरिमाना हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here