विद्युत सर्ट भई आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट

193

काठमाडौं – काठमाडौं महानगरपालिका-३२ बालकुमारी बस्ने रामेछाप घर भएका संगम श्रेष्ठको फ्युजन मल्टिप्रपोज कम्पनीको गोदाममा विद्युत सर्ट भई आइतबार बिहान आगलागी हुँदा नगद १ लाख ५० हजार रुपैयाँ, कम्प्युटर २ थान लगायत विभिन्न सामान जलेर करिब ६ लाख २८ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here