कोरोना भाइरसका कारण मानव सभ्यतानै खतरामा पर्न सक्ने : WHO

69

एजेन्सी /  चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस विश्वभर फैलिंदै गएको छ । अहिलेसम्म विश्वभरी कोरोना भाइरसबाट ३ हजार  व्यक्तिको मृत्यु भइसकेको छ । हालसम्म विश्वमा ८३ हजार भन्दा बढी संक्रमित रहेको जनाइएको छ ।

सङ्क्रमणले विश्वव्यापी रुप लिने अवस्था देखापर्दा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले मानव सभ्यतानै खतरा पर्न सक्ने  जनाएको छ ।

डब्ल्यूएचओले  कोरोना विश्वव्यापी चुनौतीको रुपमा रहेको भन्दै सम्पूर्ण देश सचेत हुनु पर्ने जनाएको  छ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का प्रमुख टेड्रोस अडानोम गेब्रेयसिसले कोरोना भाइरसका कारण विश्वको अवस्था के होला भनेर अनुमान गर्न नसकिने जनाएका हुन्।

कोरोना भाइरसको नियन्त्रणका लागि कुनै पनि उपाय पत्ता नलागिसकेको अवस्थामा यसले कस्तो सम्म अवस्था निम्त्याउँछ भने अहिलेनै निर्क्यौल गर्न नसकिने उनी बताउँछन्। कोरोनाको सङ्क्रमण रोक्नका लागि तत्काल विश्वका सबै देशले एक भएर काम गर्न उनले आह्वान गरेका छन्।

चीनमा सहित विश्वका अहिलेसम्म ७६ देशमा कोरोना फैलिसकेको छ । कोरोना भाइरस सङ्क्रमणका कारण विश्वभरि ज्यान गुमाउने मानिसको सङ्ख्या ३ हजार नाघिसकेको छ।

 यसरी भयावह रुपमा फैलिंदै गएको कोरोना भाइरसले मानव  सभ्यतानै खतरामा पर्न सक्ने सम्भावना पनि बढ्दै गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here