औपचारिक कार्यक्रमहरु नगर्न गाउँपालिकाको अनुरोध

99

दार्चुला – दार्चुला जिल्लाको नौगाड गाउपालिकाले सार्वजनिक रुपमा आयोजना हुने औपचारिक कार्यक्रमहरु समेत नगर्न हात नमिलाउन अंकमाल नगर्न  गाउँपालिकाले अनुरोध गरेको छ ।

नौगाड गाउँपालिका अध्यक्ष प्रेम सिह धामिले हस्ताक्षरित सुचना प्रकाशन गर्दै गाउँपालिकालले कोरोना भाइरसको संक्रमणलाई मध्यनजर शैक्षिक शत्र २०७६ सालमा संचालन गर्नु पर्ने १-९ सम्मको परिक्षा चैत ५ गते भित्र सम्पन्न गर्न सम्पुर्ण गाउँपालिका भित्रका बिधालय अनुरोध गर्नु भएको छ ।

यस्तै कोरोना भाइरसको संभावित संक्रमण फैलिन नदिन टाउको दुखेमा ज्वरो आएमा रुघाखोकी लागेमा श्वास प्रस्वासमा समस्या आएमा तुरुन्त नजिकको स्वास्थ चौकी जान समेत गाउपालिका अध्यक्षले अनुरोध गर्नु भएको छ।   नौगाड गाउँपालिका अध्यक्षले रोग नलागे ता पनि समय समयमा स्वास्थ चेकजाँच पोसिलो खानेकुरा र साबुन पानीले हात धुने नियमित ब्यायम गर्ने भनेर हस्ताक्षरित सूचना जारी गर्नु भएको छ  स्वास्थ संस्था उच्च सतर्कता उचित परामर्श दिन र जनचेतना मुलक कार्यक्रम संचालन गर्न समेत   जानकारी गराईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here