काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राबीच आज भेटवार्ता भएको छ ।
भारतीय राजदूत क्वात्राले आज राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक विशेष समारोहमा भएको भेटवार्तामा आफ्नो ओहोदाको प्रमाण पत्र राष्ट्रपति भण्डारी समक्ष पेश गर्नुभएको हो ।
डिसेम्बर २०१९ मा पूर्वराजदूत मञ्जीव सिंह पुरीको कार्यकाल पूरा भएपछि क्वात्रा नयाँ राजदूतको रुपमा नियुक्त हुनुभएको हो ।


















