नेपाली भाषालाई प्राथमिकता

164

 काठमाडौं / सरकारले यसपटक नेपाली वा मातृभाषालाई प्राथमिकता दिएको छ। विद्यालय तहमा पठनपाठनको माध्यम भाषा नेपाली कि अंग्रेजी भन्ने विवाद छ। विद्यार्थी बोर्डिङतर्फ आकर्षित भएपछि केही विद्यालयहरूले अंग्रेजी माध्यमबाट पठनपाठन सुरू गरेका थिए।

कक्षा ४ देखि ८ मा भाषा विषयबाहेक अन्य विषय र सिकाइ सहजीकरण प्रक्रियाका लागि मातृभाषा वा नेपाली भाषामा पठनपाठन गर्नुपर्ने जनक शिक्षा सामग्री केन्द्रले  जनाएको  छ। ‘अंग्रेजी, गणित, विज्ञान विषय पठनपाठनमा अंग्रेजी भाषालाई माध्यम भाषा बनाउन सकिनेछ,’ केन्द्रले भनेको छ।

निर्देशक भट्टराईका अनुसार सामाजिक अध्ययन विषय भने निजी विद्यालय (बोर्डिङ) ले पनि नेपाली भाषामा पठनपाठन गराउनुपर्छ।

‘कक्षा ४-८ मा अंग्रेजी, गणित र विज्ञानबाहेक अरू विषय मातृभाषा वा नेपाली भाषामा पढाउनुपर्छ,’ उनले भने, ‘माध्यमिक तहमा नेपाली वा अंग्रेजी माध्यम भाषा हुन सक्छ। तर सामाजिक अध्ययन र मानव मूल्य(चारित्रिक शिक्षाजस्ता विषय नेपाली कला, संस्कृति र मौलिक पहिचानमुलक विषयवस्तुको पठनपाठनका लागि पाठ्यसामग्री र माध्यम नेपाली भाषा हुनेछ।’

शैक्षिक सत्र २०७७ मा केही विद्यालयमा कक्षा ६ का लागि पाठ्यक्रम तथा पाठ्यपुस्तक परीक्षण गर्ने केन्द्रले तयारी गरेको छ। पाठ्यपुस्तक विकास गर्ने काम सुरू गरिएको केन्द्रले जनाएको छ।

कक्षा ४ र ५ मा नेपाली, अंग्रेजी, गणित, विज्ञान तथा प्रविधि, सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा, स्वास्थ्य, शारिरीक तथा सिर्जनात्मक कला र मातृभाषा वा स्थानीय विषय पठनपाठन गर्ने तयारी छ।

यस्तै परिवर्तित पाठ्यक्रमअनुसार कक्षा ६ देखि ८ सम्म नेपाली, अंग्रेजी, गणित, विज्ञान तथा प्रविधि, सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा, स्वास्थ्य तथा शारिरीक शिक्षा सिर्जनात्मक कलासहित र मातृभाषा वा स्थानीय विषय वा संस्कृत विषयको पठनपाठन हुने केन्द्रले जनाएको छ।

केन्द्रले कक्षा ९ र १० मा ऐच्छिक विषय परिमार्जन गरेको छ। योग, प्राकृतिक चिकित्सा र आयुर्वेद, सौन्दर्य कला, अवधी भाषा, भोजपुरी भाषा रनेपाली ९ऐच्छिक० विषयका रूपमा स्वीकृत भएको केन्द्रले जनाएको छ। यी पाठ्यक्रम शैक्षिक सत्र २०७७ देखि नै कार्यान्वयनमा आउनेछ।

पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृति नदिएका सामग्री बिक्री, वितरण नगर्न पनि आग्रह गरेको छ।

‘नमुनाका रूपमा प्रकाशित गर्ने प्रश्नपत्र र किताबमा नमुनाका रूपमा समावेश भएका प्रश्न पत्रबाहेक प्रश्न पत्रको सँगालोको रूपमा प्राक्टिस बुक, गेस पेपर, गाइडजस्ता समग्री छपाइ, विक्री, वितरण गर्न र विद्यार्थीका लागि प्रयोग गर्ने प्रयोजनका लागि स्वीकृत प्रदान गरिने छैन,’ केन्द्रले वेबसाइटमा सूचना निकालेर भनेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here