अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसबारे मनमा लागेका कुरा

484

– निशा तामाङ

आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइँदैछ । यो दिवसलाई नारी दिवस पनि भन्न थालिएको छ । मार्च ८ लाई नेपाल सरकारले पनि अन्तराष्ट्रिय नारी दिवसको रुपमा मनाउँदै आएको छ । फरक-फरक देशहरुमा सुरु भएको महिला आन्दोलनपश्चात् भएका सभासम्मेलनले मार्च ८ लाई अन्तर्रा्िष्ट्रय श्रमिक महिला दिवसका रूपमा मनाउने निर्णय गरेको पाइन्छ । हालका दिनहरूमा संसारभरका विभिन्न महिला समूहरूद्वारा विभिन्न कार्यक्रमहरू आयोजित हुने गर्छन् । यस दिन विश्वभर नै महिलासम्बन्धी विभिन्न गोष्ठी र कार्यक्रमहरु गरी महिला हक अधिकारका बारेमा चर्चा गर्ने गरिन्छ ।

सन १८५७ मा अमेरिकाको एउटा कपडा कारखानाबाट क्लारा जेट्किन नाम गरेकी एक महिलाको नेतृत्वमा महिलाहरुले महिला हक अधिकारका निम्ति आन्दोलन शुरु गरेका थिए । ८ घण्टा कामको समय र उचित पारिश्रमिक लगायतका मागहरु राखी महिलाहरुले संघर्षको थालनी गरेका थिए । आन्दोलनले श्रमिक महिलाहरुलाई अझ बढी संगठित हुन प्रेरित ग¥यो । यस क्रममा ६ मार्च १८७६ मा अन्तरर्रा्िष्ट्रय महिला सम्मेलन भयो । सम्मेलनले अन्तरर्रा्िष्ट्रय महिला संघ गठन गरेको थियो ।

त्यसपछि सन १९१० मा कोपनहेगनमा दोश्रो अन्तर्रा्िष्ट्रय श्रमिक महिला सम्मेलन भएको थियो । सम्मेलनले श्रमिक महिलाहरुलाई राजनीतिक, आर्थिक र सामाजिक अधिकारहरुको ग्यारेन्टी हुनुपर्ने मागलाई प्रस्तावको रुपमा अगाडि सार्दै माग प्राप्तिका लागि महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रूपमा ८ मार्चलाई मान्ने गरिएको छ ।

नेपालमा हेर्ने हो भने अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसले विशेष महत्व राखेको छ । महिला दिवस अन्तर्गत गरिएका कार्यक्रमहरुले महिलामा केही चेतनास्तर बढ्दै गएको छ । महिलाहरूको अवस्थामा पछिल्लो समय केही सुधार आइरहेको पनि छ । राजनीतिलगायत राज्यका प्रमुख निकायहरूमा महिलालाई अवसर सृजना गरिएको छ । महिलाहरु सामाजिक, पारिवारिक तथा शारीरिक समस्याका कारण भोग्नुपरेको पीडाको बारेमा खुलेर वकालत  गर्ने भएका छन् । महिलाकेन्द्रित कार्यक्रम गर्न यस क्षेत्रमा क्रियाशील संघसंस्थाहरूले निकै ठूलो महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको पाइन्छ ।

महिलाहरु आफ्नो हक अधिकार र स्वतन्त्रताका लागि अगाडि बढ्दै आइरहेका छन् । कुनै समय चुलोचौकामा मात्र सिमित रहने महिलाहरु आज खुलेर समाजमा व्याप्त लैंगिक असमानताको विरुद्ध लड्न सक्ने भएका छन् । तर हाम्रो समाजमा अझै पनि पितृसतात्मक सोंच र चिन्तन कायमै छ । जसले गर्दा महिलाका हक अधिकारलाई कुण्ठित बनाउने काम भइरहेको छ । महिलालाई दबाउने काम भइरहेको छ । महिलाले पनि नेतृत्व गर्नु पर्दछ वा गर्न सक्छन् भन्ने मानसिकता विकास हुन पितृसत्ता समाजले दिएको छैन ।  हाम्रो देशको राष्ट्राध्यक्षकै रुपमा महिला भएतापनि महिलाहरुका लागि अझ हक हितका काम हुन सकिरहेको छैन । राष्ट्राध्यक्षको हैसियतबाट राष्ट्रपतिले महिलाहरुको जीवनस्तर माथि उठाउन र हक अधिकार स्थापित गर्न कुनै पहल गरेको पाइँदैन । संविधान र कानुनमा महिला अधिकारका कुराहरु जति लेखे पनि महिलाहरुले यसको अनुभूत गर्न सकेका छैनन् । परापूर्वकालदेखि चल्दै आएको रुढिवादी प्रथा, परम्परागत प्रवृति एंव पितृसत्तात्मक सोचका कारण महिला अझै स्वतन्त्र हुन सकेका छैनन् ।

यस्ता सोचाईले नियन्त्रित भएका महिलाको शरीर, मनोविज्ञान र मानव अधिकारमा गम्भीर असर पुग्ने गरेको पाइन्छ । महिला भएकै कारण गरिने लैङ्गिक हिंसा विभेदका कारण महिलाको आत्मसम्मानमा चोट पु¥याउने , नीच देखाउने, महिलालार्ई शारीरिक एंव मानसिक रुपले पीडित बनाउने गरेको पाइन्छ । सामाजिक न्याय र समानताको मूल्य मान्यतालाई स्थापित गर्ने हो भने महिलाहरुले पनि नेतृत्व गर्न सक्छन् भन्ने मान्यताका साथ हरेक कार्यक्रमहरुमा महिला सहभागिता बढाउनमा जोड दिनु जरुरी हुन्छ ।

एक्काइसौं शताब्दीमा पनि समाजले महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन नल्याउनु नेपालको परिपेक्षमा दुःखद पक्ष हो । श्रमिकहरुकै हितमा काम गर्ने भनेर दाबी गर्ने राजनीतिक दलले दुईतिहाइ निकट बहुमत प्राप्त गरेको अवस्थामा पनि श्रमिक महिला अधिकारका विषयले महत्व नपाउनु दुःखद पक्ष हो । महिला सहभागिताले देश विकासमा ठूलो महत्व राखेको हुन्छ । पुरुष जस्तै महिलालार्ई पनि अनेकौं इच्छा र आकांक्षाहरुले ढक्ढकाईरहेका हुन्छन् । तर समाजको बन्धनले उनीहरुको इच्छा र आकांक्षाहरु त्यत्तिकै सेलाएर जाने गर्दछन् । पुरुषवादी समाजले महिलालाई  गर्ने अस्वाभाविक व्यवहारले उनीहरुको शारीरिक, मानसिक र संवेगात्मक विकासमा ठूलो प्रभाव पारेको हुन्छ ।

दृढ़ इच्छा शक्ति , अवसर र  प्रेरणाले हरेक महिलामा एउटा आशाको दियो जगाउन सक्छ । दृढ़ इच्छा शक्तिले आफ्नो लक्ष्य हासिल गर्न सबै बाधा अड्चन पार गर्न सक्छन् । अवसरले सफलता हासिल गर्न सक्छन्, साथै प्रेरणाले आफूलाई अझ सक्षम तथा मिहिनेती हुने वातावरणको सृजना गराउँछ । दृढ़ इच्छा शक्ति , अवसर र  प्रेरणाले नै हरेक महिलालाई सफलताको शिखरमा पु¥याउन मद्दत गर्दछ । तसर्थ हरेक महिलाले समाजको चुनौती तथा समस्यालाई झेल्दै आफ्नो लक्ष्य हासिल गर्न सदैव अग्रसर रहनु पर्दछ । ८ मार्चको दिनले महिलाहरुमा यही भावनाको जागरण गराओस् शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here