वाइडबडी काण्डमा संलग्नलाई कारबाही गरौं : माधव नेपाल

70

काठमाडौं । सतारूढ नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वाइडबडी जहाज खरिदमा भएको भ्रष्टाचारमा संलग्नमाथि बिनापूर्वाग्रह कारबाही गर्नुपर्ने जनाउनभएको छ ।
संघीय संसद्, प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा उहाँले भ्रष्टाचारका दोषीलाई पूर्वाग्रह नराखी कारबाही गर्न माग गर्नुभएको हो । उहाँले तारा गाउँ, वाइडबडी, न्यारोबडीलगायतमा आर्थिक अनियमितताका कयौं प्रश्न उब्जिएकाले ती विषयमा सरकारले तत्काल अध्ययन अनुसन्धान गरी दोषीलाई कारबाही गर्नुपर्नेमा जोड दिनुभएको छ ।
‘तारागाउँ, वाइडबडी र न्यारोबडी सबैमा अनेक किसिमका प्रश्नहरू खडा भएका छन् ।
छोटो समयमा नै असफल देखिने योजनाहरू बनाइएको भन्दै उहाँले सम्भावित आवश्यकता र प्रभावको आँकलन गरेर योजना तर्जुमा गर्न आग्रह गर्नुभयो । लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा बनाइएको एरोवृजको उदाहरण दिँदै उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा प्रयोग, बालुवाटारको प्रधामन्त्री निवास र मन्त्री क्वार्टरका भवन निर्माणमा पनि दीर्घकालीन सोच राख्न नसकिएको जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here